गण्डकी प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो वैठक पुस १८ मा बस्ने भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उक्त दिनको लािग वैठक आह्रवान गरेका छन् । संविधानको धारा १८२ को उपधारा १ बमोजिम उक्त दिन दिउँसो १ बजे वैठक बस्ने प्रदेशप्रमुख सचिवालयले जनाएको छ ।
अधिवेशन प्रदेशसभा भवन नदीपुरमा हुनेछ । आज (बुधबार) विहान ११ बजे प्रदेशसभामा ज्येष्ठ सदस्य नेकपा एमालेका मित्रलाल बस्यालालई शपथ खुवाउने कार्यक्रम छ । विहीवार बस्यालले अन्य प्रदेश सांसदलाई दिउँसो १ बजे नदीपुरमा शपथ खुवाउने छन् । ५ दलको सहभागीता रहने गण्डकी प्रदेशमा ६० सदस्यीय छन् । ३६ प्रत्यक्ष र २४ समानुपातिक प्रणलीबाट विजयी भएका छन् । २७ सिट जितेर सवैभन्दा ठूलो दल बनेको नेपाली काँग्रेस प्रतिपक्षमा बस्ने निश्चित जस्तै भएको छ । यस्तै २२ सिट जितेको एमाले दोस्रो, ८ सिट जितेको माओवादी तेस्रो स्थानमा छन् ।
समानुपातिकबात २ सांसद पाएको राप्रपा र एकीकृत समाजवादीका १ सांसद गरि प्रतिनिधित्व जनाउने छन् । एमाले, माओवादी र राप्रपा मिलेर सरकार गठन चलाउनेछन् । यिनको लागि बहुमत पनि पुग्ने छ ।
