गण्डकी प्रदेशसभा सोमबार बसेको वैठकमा दुई वटा अध्यादेश टेबल भएका छन् । प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले गण्डकी प्रदेशको निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश टेबल गरेका हुन् । दुई अध्यादेश पेश गरेसँगै सम्पन्न भएको प्रदेशसभाको अर्को वैठक पुस २९ गतेलाई बोलाइएको छ ।
Post Views: 18