लुम्बिनी प्रदेशमा सरकार गठनका लागि आह्वान

Share this post :

Facebook
Twitter
WhatsApp

लुम्बिनी प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुखको कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दे सरकार गठनको लागि आह्वान गरेको हो । लुम्बिनीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ बुधवार ४ बजेसम्मको समय दिएका छन् ।
लुम्बिनीमा ८७ जना प्रदेशसभा सदस्य छन् । तर, सरकार गठनको लागि कुनै पनि दलको एकल बहुमत पुग्दैन । प्रदेश प्रमुख शेरचनले प्रदेश सभामा कुनै दलको बहुमत नभएकाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा सो समयभित्र बहुमत सदस्यको हस्ताक्षरसहित दाबी पेश गर्न आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *