हेल्लो वालिङ !

Share this post :

Facebook
Twitter
WhatsApp

स्याङ्जाको वालिङ नगरपालिकाले नागरिकका गुनासा सम्बोधन गर्न कल सेन्टर स्थापना गर्ने भएको छ । नागरिकका वैयक्तिक, पारिवारिक तथा सामुदायिक रुपमा आइपरेका समस्या र नगरपालिकाको काम कारवाहीका विषयमा सिधा सम्पर्क कायम गर्न कल सेन्टर स्थापना गर्न लागिएको नगरप्रमुख कृष्ण खाँणले जानकारी दिए । नगरभित्रका १४ वटै वडामा नगरले गरेका काम र तिनका प्रभाव तथा आवश्यक जानकारी लिन कल सेन्टरले सहयोग पुग्ने खाँणले विश्वास व्यक्त गरे । ‘सवै जनप्रतिनिधि नागरिकसँग नपुगेको पनि हुन सक्छ । नागरिकका गुनासा धेरै हुन सक्छन् । ती गुनासालाई सहज रुपमा छिटो सुनुवाई गर्न कल सेन्टर लाभदायी हुनेछ’ उनले भने ।
नगरका गतिविधि नागरिकमाझ पुयाउन नगरपालिकाले प्रविधिको बढी मात्रामा प्रयोग गरेको उल्लेख गर्दै उनले सामान्य कामको लागि नागरिकले नगरपालिकाको कार्यालयसम्म आउनुपर्ने स्थिति नहुने बताए । कल सेन्टर स्थापनासँगै नपाको सुशासनमा पनि मद्दत पुग्ने कार्यालयले जनाएको छ । समयको मागअनुरुप नागरिकलाई सहज सेवा प्रवाह गर्न कल सेन्टर फलदायी हुने उनले बताए । स्मार्ट वालिङ निर्माणको क्रममा तय गरिएका सुचकमध्ये गुनासो व्यवस्थापन पनि एक भएकोले कल सेन्टरको स्थापना आवश्यक भएको नगरप्रमुख खाँणको भनाई छ । कल सेन्टरमा फोन गर्दा शूल्क लाग्ने छैन् । नगरप्रमुखका अनुसार यसरी डेस्कमा आएका गुनासालाई सम्बन्धित निकाय तथा शाखा प्रमुखले सुनुवाई गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *