गण्डकी प्रदेशमा नवनियुक्त मुख्यमन्त्रीले आजै शपथ लिने

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज शपथ लिने भएका छन् । प्रदेश प्रमुख कार्यालयका अनुसार वेलुका ४ बजेेर ४५ मिनेट जादा पद तथा गाेपनियताकाे शपथ लिने कार्यक्रम रहेकाे छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिकारीलाई सोमबार दिउँसाे मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए । प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गरेका अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । यस्तै, संविधानकाे धारा १७२ काे व्यवस्था अनुसार शपथ खुवाइने  कार्यालयले जनाएकाे छ । अधिकारीले ६० सदस्यीय प्रदेशसभामा एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र सांसद गरी ३३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तिका लागि दावी पेस गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *