प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज विश्वासको मत लिदैछन् । आज विहान ११ बजे बस्दै गरेको प्रतिनिधिसभाको वैठकमा उनले उनले विश्वासको मत लिने संसद सचिवालयले जनाएको छ ।
नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसार नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । दाहाल पुस १० मा प्रधानमन्त्री नियुक्त भएका थिए भने ११ पुसमा शपथ लिएर कार्यभार सम्हालेका थिए ।
प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गर्दा एमालेसहित सात दल र तीन स्वतन्त्र सहित १६९ सांसद्ले समर्थन गरेका थिए । विश्वासको मत लिन १३८ सांसद्को समर्थन चाहिन्छ । यता प्रधानमन्त्री प्रचण्डले साना ठुला सबै दललाई समर्थन गर्न आग्रह गरिरहेका छन् । नेपाली कांग्रेसले विश्वासको मत दिने नदिनेबारे निर्णय लिन आजै पदाधिकारी बैठक बोलाएको छ । एकीकृत समाजवादीले पनि यसबारे आजै बिहान निर्णय लिने तयारी गरेको छ ।
