पोखरा विमान दुर्घटना : ६८ शव फेला, ३५ जनाको सनाखत

Share this post :

Facebook
Twitter
WhatsApp

पोखरामा भएको विमान दुर्घटना ज्यान गुमाएका ७२ जनामध्ये ६८ जनाको शव फेला परेको छ । आइतबार विहान काठमाडौँबाट पोखरा आएको यती एयरलाइन्सको एटिआर–७२ विमान ल्याण्ड गर्ने समयमा दुर्घटनामा परेको थियो । दुर्घटनामा चालक दलका ४ जनासहित ७२ जनाले ज्यान गुमाएका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार हराइरहेका ४ जनाको शव खोजी जारी छ । विमान पोखरा–७ घारीपाटन र पोखरा–१५ नयाँगाउँस्थित सेती नदकिो खोचमा खसेको थियो । जसका कारण उद्दार कार्यमा समेत समस्या भएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । भेटिएका सबै शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । अहिले शवको पहिचानको काम भइरहेको छ ।

हालसम्म ३५ शवको पहिचान भइसकेको प्रहरीले जनायो । पहिचान भएका शवको पोष्टमार्टम गर्दै आफन्तको जिम्मामा लगाइएको प्रहरीले बताएको छ । पहिचान नभएका, विदेशी र काठमाडौंकाको शव हेलिकोप्टरमार्फत काठमाडौं पठाइने योजना रहेको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *