गण्डकीमा मन्त्रिपरिषद् विस्तारमा ढिलाई

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेश सरकार गठन भएको आज ११ दिन पुगिसक्दा पनि मन्त्रिपरिषद् विस्तारमा कुनै टुंगो लागेको छैन् । मुख्यमन्त्री खगराज अधिकारीका दौडधुप बढेको छ तर, मन्त्रिमण्डल विस्तारतर्फ ध्यान पुगेको छैन् । मन्त्रालयको संख्या घटाएर मात्र मन्त्रिपरिषद् विस्तार गरिने तयारीमा सरकार छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित हालै रहेका १२ मन्त्रालय घटाएर ७ पुयाउने तयारीमा मुख्यमन्त्री अधिकारी छन् । मन्त्रालयको संख्या घटाउने र सरकारमा आवद्ध गठबन्धनका दललाई मन्त्रालयको भागवण्डा गरेपछि मात्र अन्य मन्त्री नियुक्त गर्ने सरकारका प्रवक्ता सीता सुन्दासले जानकारी दिइन् ।
‘मन्त्रालयको संख्या घटाएर पहिलेकै अवस्थामा झार्ने अनि मात्र मन्त्रीपरिषद् विस्तार गर्ने योजना छ’ उनले भनिन, ‘केन्द्रको निर्देशन पनि त्यही अनुसार छ ।’ प्रवक्ता सुन्दासले मन्त्रालयको संख्या घटाउनको लागि यतिबेला विभिन्न क्षेत्रका व्यक्तिसँग परामर्श लिने काम भइरहेको बताइन् । उनका अनुसार मन्त्रालयको संख्या ७ मा झार्ने अडान हामे छ । तर, सझुाव ९ बनाउनु भन्ने छ ।
पुस २५ मा मुख्यमन्त्री नियुक्त भएपछि प्रदेश प्रमुखको कार्यालयबाट निस्किदै गर्दा मुख्यमन्त्री अधिकारीले आफ्नो पहिलो काम मन्त्रालयको संख्या घटाउने बताएका थिए । उनले भनेका थिए, ‘मन्त्रालय कतिमा कायम हुन्छ अहिले भन्न सक्दिन तर, मन्त्रालयको संख्या जसै घट्छ ।’ उनले प्रदेशमा मन्त्रालयको संख्या बढी हुदाँ प्रदेश संरचनाप्रति नै नकरात्मक टिप्पणी हुन थालेको बताएका थिए । ‘प्रदेश संरचनाप्रति जनताको दृष्टिकोण बल्दनुछ’ उनले भनेका थिए ।
केन्द्रकै निर्णय कुर्नुपर्दा समय लागेको प्रवक्ता सुन्दास बताउँछिन् । ‘केन्द्रमा पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ’ उनले थपिन, ‘अव प्रदेशमा पनि छिट्टै पूर्णता पाउँछ ।’ विना विभागीय मन्त्री सुन्दासका अनुसार मन्त्री पदमा नियुक्त भएका तीन मन्त्रीको लागि जिम्मेवारी दिने की भन्ने प्रसंग चलेको भए पनि मन्त्रालयको टुंगो लागेर मात्र जिम्मेवारी दिने निर्णय भएको छ । मुख्यमन्त्रीसँगै पुस २५ मा माओवादी केन्द्रका हरिवहादुर चुमान, एमालेकी सुन्दार र राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चराम गुरुङ विनाविभागीय मन्त्री नियुक्त भएका थिए । विनाविभागीय मन्त्रि पनि यतिबेला मुख्यमन्त्री कार्यालय जाने र आने मात्र काम भएको बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *