गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकान्त बराल नियुक्त भएका छन् । शनिवार प्रदेश प्रमुख पृथ्वीमान गुरुङको उपस्थितिमा उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यसमक्ष शपथ लिए । पोखरा–२६ बरालडाँडा घर भएका बराल काठमाडौंमा वकालत गर्दै आएका थिए । मुख्यमन्त्री खगराज अधिकारीनिकटका बरालले कानुनमा स्नातक र राजनीति शास्त्रमा मास्टर डिग्री गरेका छन् । उनले केही समयअघि मात्रै वरिष्ठ अधिवक्ताको उपाधि पाएका हुन् ।
Post Views: 27