गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास तथा यातायात ब्यबस्था मन्त्री हरिबहादुर चुमानले पदभार ग्रहण गरेका छन् । सो क्रममा उनले कर्मचारीलाई जनताको बलिदानबाट प्राप्त संघियताको बिकासमा लाग्न सबै खालका प्रयासमा साथ दिन आग्रह गरे ।
अहिलेको कार्यभार भनेको संघियताको पुर्ण कार्यान्वयन गरी जनतामा सकरात्मक भाव पैदा गर्नेगरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । योजनाको बर्गिकरण गरी संघ, प्रदेश र स्थानिय तहको कार्य बिभाजनबिना परिणाम नआउने भएकाले योजना बर्गिकरण गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको उनले बताए । टुक्रे र परिणामबिहिन योजनाले गण्डकी प्रदेशको बिकास संभवन हुने भएकाले दिर्घकालिन रुपमा रणनितिक योजनामा प्रदेशले काम थाल्ने उनको भनाई थियो ।
अहिलेको आधुनिकयुगमा सेबाग्राहीलाई सोफामा राखेर सेवा दिन पर्ने बेला आएको चुमानले बताए । लामो लाईन बसेर सरकारबाट पाउने सेवा लिनुपर्ने अबस्था अन्त्यका लागि काम गर्न पनि कर्मचारीलाई र्निदेशन दिएका छन् । गण्डकी प्रदेशमा बिद्युतिय सवारी सञ्चालन संबन्धी मापदण्ड तयार गरि लागु गर्ने र्निणय मन्त्री चुमानले गरेका छन् । हालसम्म सार्बजनिक रुपमा बिद्युतिय सवारी सञ्चालनका लागि कुनै पनि मापदण्ड नभएकाले १ महिनाभित्र मापदण्ड तयार गर्ने र्निणर्य भएको छ । त्यसैगरि गुरुयोजनामा आधारीत योजना प्राथमिकीकरण गर्ने सम्बन्धि र्निणय भएको छ । पदभारकै क्रममा गण्डकी प्रदेश बुदसिंह मार्गमा पर्ने तनहुँस्थित बन्दीपुर गाऊँपालिका–६ कुचिलाफेद र देबघाट गाऊँपालिका–३ तनहुँ जोड्ने सडक अन्र्तगत सेतिनदीमा पुल र्निमाण कार्य आरम्भको लागि प्रकृया अगाडी बढाउने निर्णय गरेका छन् ।
