नयाँ प्रविधिबाट स्याङजाका सडक निर्माण

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशमै पहिलोपटक नयाँ प्रविधिबाट सडक निर्माण गरिएको छ । स्याङजाका दुई सडक ढलान गरेर प्रदेशमै पहिलोपटक निर्माण गरिएको हो । यहाँको वालिङबाट पर्वत गुल्मी जोड्ने बायाटारी उदियाचौर सेतीबेनी सडक र चापाकोट हिलाममरेङ सडकलाई नयाँ प्रबिधी प्रयोग गरेर निर्माण तिब्र पारिएको हो ।
गिट्टी, बालुवा, सिमेन्ट, रडको प्रयोग गरेर गण्डकी प्रदेशमै पहिलोपटक सडक ढलान गरिएको हो । एक निर्वाचान क्षेत्र एक सडक अन्र्तगत निर्माण गरिएको बायाटारी उदियाचौर सेतीबेनी सडक ढलानले मुख्य गरेर वालिङ्ग र गल्याङ्ग नगरपालिका नागरिक प्रत्यक्ष लाभान्वित हुने छन् ।
यहाँको १० किलोमिटर ढलान लुम्बीनि गजिन्द्र जेभी स्याङजाले २०७७ साउन १८ गते २०७९ माघ १५ गते सक्ने गरी सम्झौता गरेको थियो । ३३ करोड ५४ लाख ३० हजार ७४६ रुपियाँ ५९ पैसामा निर्माण कम्पनीले सम्झौता गरेको र ९५ प्रतिशत काम सकिएको पुर्वाधार बिकास कार्यालय स्याङजाले जनाएको छ ।
यस्तै शर्मा हाई हिमालय जेभीले चापाकोट हिलाममरेङ सडक २०७७ साउन २७ सते तीन बर्षमा काम सक्ने गरेर काम अगाडी बढाएको हो । १० किलोमिटर ९९० मिटर ढलान गर्ने गरी २९ करोड ६५ लाख ९३ हजार ९१३ रुपियाँ ९७ पैसामा सझौता गरेको हो । चापाकोट हिलाममरेङ सडकको पचासँ प्रतिशत भौतिक र आर्थिक प्रगति भएको कार्यालयले बतायो ।
दुबै सडक ढलानमा ८ र १० एमएमको फलामको डन्डी प्रयोग गरी मिक्स डिजाइन अनुसार एम ३० को गे्रडको कंक्रिट प्रयोग गरिएको छ । सडक १० इन्चको साढे चार देखि छ मिटर सम्म चौडा ढलान गरिएको प्राविधिकले बताएका छन् । दुबै सडकको अधिकांश भाग ठाँडो भएकाले सडकको सतहमा उच्च प्रबृद्धिको मसला प्रयोग गरिएको प्राविधिकले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *