गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्री र सचिवहरुलाई ११ बुदेँ निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज बसेको वैठकमा उनले निर्देशन जारी गरेका हुने ।
सुशासनलाई कायम गर्दै चालु खर्च घटाउन उनले निर्देशन दिएका छन् । यस्तै, पुँजीगत खर्च बढाउन र बजेटको मात्रा बढाउन पनि उनले सुझाएका थिए ।
प्रदेश गौरवका आयोजनालाई अगाडि बढाउन, समपूरक, विशेष र वित्तिय समानीकरण अनुदानको गुणात्मकता ल्याउन समन्वय, सहअस्तित्व र सहकार्यको अवधारणालाई व्यवहारमा उतार्ने गरी ठोस कार्यक्रम र कार्ययोजना समन्वयात्मक ढंगबाट सम्पादन गर्नेगरी व्यवस्था मिलाउन, सवै मन्त्रालयले आवधिकरुपमा ठोस नतिजासहितको कार्य प्रगतिको प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन् ।
Post Views: 22