प्रदेशस्तरीय मुख्यमन्त्री कप हुने

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेश सरकारको स्थापना दिवसको अवसरमा मुख्यमन्त्री कप भलिवल प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषदको आयोजना तथा गण्डकी प्रदेश भलिबल संघको प्राविधिक सहयोगमा फागुन १ देखि ३ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने भएको छ ।
प्रदेश खेलकुद परिषदको शुक्रबार भएको कार्यकारी समितिको बैठकले उक्त प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको परिषदका सदस्य सचिव घनश्याम पौडेलले जानकारी दिए । ‘नेपालको राष्ट्रिय खेल भलिबल भएका कारण प्रदेश स्थापना दिवसमा गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको उनले बताए ।
खेलाडी उत्पादनसँगै प्रदेशका उत्कृष्ट खेलाडीको छनौट गर्न यस प्रतियोगिताले मद्दत पुग्ने उनको भनाई छ । गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट महिला तथा पुरुष खेलाडीको सहभागिता हुनेछन् । प्रतियोगितामा प्रथम, दितिय, तृतिय हुने महिला तथा पुरुष टिमलाई क्रमश नगद एक लाख ५० हजार, १ लाख र ५० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीले जनही नगद २० हजार तथा विद्यागत रुपमा महिला तथा पुरुष खेलाडीले ५ जनाले जनही नगद १० हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *