केन्द्र हेरफेरविरुद्धको रिट खारेज

Share this post :

Facebook
Twitter
WhatsApp

कास्कीको मादी गाउँपालिकाको केन्द्र हेरफेर गर्ने निर्णय र प्रदेश सरकारले संघलाई गरेको सिफारिस विरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । २०७५ भदौ २६ मा कास्कीको मादी गाउँपालिका सभाले केन्द्र सार्न ४ विकल्पसहित गण्डकी प्रदेश सरकारलाई सिफारिस गरेको थियो । ती चार ठाउँ सिफारिस गर्नुको मापदण्डको आधार खुलाई विवरण पठाउन प्रदेश सरकारले २०७७ कात्तिक २१ गते गाउँपालिकालाई पत्रचार गरेको थियो ।
सर्वाच्चले रिट खारेज गरेपछि वडा नम्बर ४ बेतेनीमा केन्द्र बनाउने निर्णय गर्ने प्रक्रिया संघीय मन्त्रिपरिषदमा प्रदेशको सिफारिस अनुसार संघीय मन्त्रिपरिषद्ले गाउँपालिका केन्द्रबारे निर्णय गर्नुअघि पालिकाको वडा नम्बर ३ बस्ने अर्जुन गुरुङसहित ८ जनाले ०७७ माघ २२ गते सर्वोच्च अदालतमा रिट निवेदन हालेका थिए । सोही रिट सर्वोच्चले माघ १६ गते खारेज गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *