गण्डकी प्रदेशसभा सचिवालय सचिवको उमेर हद बढाउन गण्डकी प्रदेश सरकारले ऐन संशोधन गर्ने भएको छ । प्रदेशसभा सचिवालय ऐन २०७७ मा सचिवको अधिकतम उमेर हद ६० वर्ष तोकिएको छ । तर, गण्डकी प्रदेश सरकारले उक्त ऐन संशोधन गरेर उमेर हद ६५ वर्ष बनाउन लागेको हो । संशोधन प्रस्ताव प्रदेशसभा सचिवालयमा मंगलबार नै दर्ता भएको छ । उक्त ऐन शुक्रबारको प्रदेशसभा वैठकमा टेबल भएको हो ।
Post Views: 23