पोखरामा आजदेखि नवौं कास्की कप ह्याण्डबल प्रतियोगिता सुरु हुने भएको छ । नवौं कास्की तथा छैटौं एकता कप बिद्यालय स्तरीय छात्र÷छात्रा ह्याण्डबल प्रतियोगिता आइतबार देखि पोखरा रंगशालाको कभर्ड हल र ह्याण्डबल ट्रेनिङ सेन्टरमा उक्त प्रतियोगिता संचालन हुने भएको हो ।
फागुन ३ गतेसम्म संचालन हुने उक्त प्रतियोगिता अन्र्तगत छात्रतर्फ १३ र छात्रातर्फ भने ८ टिमको सहभागिता रहेको आयोजक कास्की जिल्ला ह्याण्डबल संघले जनाएको छ । प्रतियोगिता अन्र्तगत साविक विजेता छात्रतर्फ माउन्ट अन्नपूर्ण स्कुल हो भने छात्रातर्फ गण्डकी बोर्डिङ स्कुल हो ।
प्रतियोगितामा छात्र तथा छात्रा तर्फका विजेताले जनही १० हजार, उपबिजेताले ५ र तेश्रो हुनेले ३ हजार साथमा ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको संघ कास्कीका अध्यक्ष चित्र थापाले बताए । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडी सर्वाधिक गोलकर्तालाई नगद सहित सम्मान गरिने भएको छ । ‘स्वस्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ आयोजना हुने उक्त खेलले बिद्यालयस्तरबाटै ह्याण्डबल खेलको विकास गर्न थप मद्धत पुग्ने अध्यक्ष थापाले बताए ।
