स्थानीय तहमा भ्रष्टाचारका उजुरीको संख्या बढ्दो छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा गण्डकी प्रदेशबाट स्थानीय तहका ४ सय ८३ उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले जनाएको छ । संघीय मामिला मन्त्रालयमा ३ सय ३४ र शिक्षा मन्त्रालयमा १ सय ४९ उजुरी छन् ।
तीमध्ये १ सय ५६ उजुरी फछ्र्यौट भइसकेका छन् भने ३ सय २७ उजुरी फछ्र्यौट हुन बाँकी छ । यी उजुरी सबै स्थानीय तहबाट आएका हुन् । अख्तियारको वार्षिक प्रतिवेदनले स्थानीय तहमा भ्रष्टाचारका मुद्दा बढिरहेको देखाउँछ । गण्डकी प्रदेश मातहतका तहविरुद्ध चालु आर्थिक वर्षको ६ महिनामा ८ सय ५० उजुरी परेको अख्तियारको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
Post Views: 26