राष्ट्रिय गौरवका आयोजनाको खर्च चिन्ताजनक

Share this post :

Facebook
Twitter
WhatsApp

सरकारले राष्ट्रिय गौरवका २४ आयोजनाको लागि चालु, पुँजीगत र वित्तिय व्यवस्था गरी ९८ अर्व ९७ करोड ६४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । आर्थिक वर्षको ६ महिना अर्थात् पुस मसान्तसम्म जम्मा १५.१६ प्रतिशत बजेट खर्च गरिएको छ । खर्च प्रतिशत हेर्दा गौरवको आयोजनाको प्रगति चिन्ताजनक देखिन्छ ।
कुल बजेटको आकार नै कटौती गरिएको बेला यी आयोजनामा छुट्याइएको बजेट पनि खर्च हुन नसकेको अर्थ मन्त्रालयले जनाएको छ । बजेट अर्धवार्षिक समीक्षाको क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय गौरवका आयोजनामा बजेट अभाव हुन नदिइने प्रतिबद्धता जनाएका छन् ।
राष्ट्रिय गौरवका २४ आयोजनामध्ये माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भएको छ । पश्चिम सेती जलविद्युत् आयोजनाको निर्माण विधि तयार नहुँदा सुरु नै हुन सकेको छैन भने बुढीगण्डकी जलविद्युत् आयोजनामा मुआब्जा वितरणको काम जारी छ ।
चालु आर्थिक वर्ष यी आयोजनाका लागि चालुतर्फ ३ अर्ब ५७ करोड ७९ लाख, पुँजीगततर्फ ८८ अर्ब ५३ करोड ८५ लाख र वित्तीय व्यवस्थातर्फ ६ अर्ब ८६ करोडसहित कुल ९८ अर्ब ९७ करोड ६४ लाख रुपैयाँ विनियोजन भएको थियो । यसमध्ये कुल १५ अर्ब ८ लाख रुपैयाँ खर्च भएको हो । बढी बजेट विनियोजन भएर पनि कम खर्च गर्नेमा मध्यपहाडी राजमार्ग, काठमाडौं तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *