स्वं रूद्वमानकाे अभियानमा साथ दिनेछु– मन्त्री किराती

Share this post :

Facebook
Twitter
WhatsApp

सिरूवारी हाेमस्टेका जन्मदाता हुन स्वं रूद्वमान गुरूङ । उनकाे पर्यटन अभियानलाई साथ दिने मन्त्री सुदन किरातीले बताएका छन् । उनले साेही क्रममा कला, संस्कृति र पर्यटनसंग उत्पादन पनि जोडनुपर्ने बताएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डडन मन्त्री सुदन किरातीले शुक्रबार स्याङ्जाको सिरूवारी सामुदायिक होमस्टेको २५ औ रजत जयन्तीको उदघाटन गर्दै आर्थिक पक्षलाई ध्यान दिनुपर्ने बताएका थिए ।
गाउँ विकासको लागि स्थानीय उत्पादनलाई जोड दिनुपर्ने मन्त्री किरातीले बताए । ‘होमस्टे भनेर बजारको व्याज किने आर्थिक विकास कसरी हुन्छ ?’ उनले भने, ’होमस्टेसंग आर्थिक जोडिनै पर्छ । गाउ“का मानिस शहरले तान्दै गर्दा शहरका मान्छे विदेशले तानिरहेको छ । यस्तो अवस्थामा गाउमा संचालित होमस्टेलाई बढवा दिन कृषि र उत्पादन नै महत्वपूर्ण छन् ।’ नेपाली पर्यटन र विकास सिरूवारी होमस्टे रहेको बताउदै मन्त्री किरातीले प्रविधि र पुँजीको अभावमा होमस्टेका विभिन्न गतिवधि रोक्न नमिल्ने बताए । होमस्टे निरन्तरताको लागि संघिय सरकारले सहयोग गर्ने उनले बताएका छन् ।
‘आर्थिकसंगै वेरोजगारी पनि कम गर्न होमस्टे प्रवद्र्धनलाई सरकारले प्राथमिकता दिएको छ’ उनले भने, ‘संघिय सरकारले मात्र होइन, स्थानीय र प्रदेश सरकारको पनि होमस्टे प्रवद्र्धनमा जोड छ । तर, होमस्टे नामका मात्र नभई पहिचानका हुनुपर्छ ।’ उनले संस्थापक स्वं क्या रूद्रमान गुरूङलाई स्मरण गर्दै सिरूवारी सदरमुकामबाट टाढा भए पनि होमस्टेकै कारण यहाँको गाउँले विकासमा फड्को मारेको बताए ।
पुराना गाउँ पुराना वस्तीभित्र सफासुगर सज्याइएका घर नै होमस्टेको पहिचान रहेको उनले बताएका थिए । स्याङ्जाको सिरुवारी होमस्टे २०५४ फागुनमा स्थापना भएको छ । यो होमस्टे नेपालकै पहिलो पर्यटकीय ग्रामीण होमस्टे मात्र नभई दक्षिण एसियाकै पहिलो मानिन्छ । शुक्रबारदेखी सुरु भएको २५ औ रजत जयन्ती तीन दिनसम्म चल्ने सिरुवारी सामुदायीक होमस्टेका अध्यक्ष जितेन्द्र गुरुङले बताए । रजत जयन्तीको अवसरमा पूर्वी नवलपुरको अमलटारी होमस्टेलाई उत्कृष्ट होमस्टेकोरुपमा सम्मान गरिएको थियो ।
कार्यक्रममा थारु कल्चरको नाँच गान देखाइएको थियो भने, बहुचर्चित साँस्कृति कार्यक्रम इन्द्रेणीको टोली लगेर प्रस्तुती देखाइएको थियो । स्थानीयदेखी राष्ट्रिय कलाकारको सहभागीता थियो । गुरुङ बाहुल्यतको बस्तीमा संचालित यहा“ ४४ घर धुरी छन् । २० घरमा होमस्टे संचालन छन् । यस गाउँको कुल जनसंख्या भने, २५० रहेको छ । पछिल्लोसमय पाठशालाको रुपमा स्थापित यस होमस्टेबाट करिव १५ सय होमस्टे संचालनमा आएको अध्यक्ष गुरुङ बताउँछन् । ‘हामीले यहा“को विभिन्न जातिलाई होमस्टेमा संलग्न गराएका छौ’ उनले थपे, ‘अव सवै बस्तीमा होमस्टे संचालन हुनुपर्छ भनेर तालिम दिएका छौ ।’ रजत जयन्तीकाे अवसर पारी दुई पत्रकार अमृत भादगाउँले र युवराज पाैडेललाई सम्मान गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *