स्याङ्जाको वालिङ नगरपालिका–६ आम्डालीस्थित भित्रि सडकखण्डमा ट्याक्टर अनियन्त्रित भई सडकबाट १५ मिनेट तल खस्दा चालक र सहचालकले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा यहाँको चापाकोट नगरपालिका–२ धुर्कोटका ३२ वर्षिय नविन सुनार (चाकल) र वालिङ नगरपालिका–८ मिर्दिका १४ वर्षिय सोविन विक (सहचालक) रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रविन्द्र खनालले जानकारी दिए ।
उनका अनुसार दुवै जनाको उपचारको क्रममा मृत्यु भएको हो । आइतबार राती ८ बजे ग १ त ६८८६ नम्बरको ट्याक्टर ढुंगा लिएर जगतभन्ज्याङबाट मिर्दितर्फ आउने क्रममा एक्कासी अनियन्त्रित भई खसेको थियो । उनीहरुको प्रथामिक स्वास्थ्य केन्द्र वालिङमा उपचार गरिएको थियो । उपचारको क्रममा चालक सुनारलाई राती नै चिकित्सकले मृत्त घोषण गरेका थिए भने, सामान्य उपचारपछि थप उपचारको लागि पोखराको गण्डकी मेडिकल कलेज लगिएका सहचालक विकलाई पनि चिकित्सकले उपचारकै क्रममा मृत्त घोषण गरेको स्याङ्जा प्रहरीले जनाएको छ ।
