विभिन्न मुद्दाका १३ फरार प्रतिवादी पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

जिल्ला अदालत कास्कीबाट फैसला भई सजाय भुक्तानको लागि फरार रहेका विभिन्न मुद्दाका १३ जना प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कास्की र मातहतका प्रहरी कार्यालयले बुधबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा लागुऔषध मुद्दामा ५ दिन कैद फैसला भई हालसम्म परार रहेका पोखरा महानगर–२९ का ३२ वर्षिय राजकुमार ताम्राकार रहेका छन् । यस्तै, सोही शिर्षको मुद्दामा ६ दिन कैद र ५ हजार जरिवाना तोकिई फरार रहेका चितवन घर भई हाल पोखरा–२ मिरुवा बस्ने ३० वर्षिय शंकर पौडेल र २५ वर्षिय ओसिन पौडेल रहेका छन् ।
प्रहरीको तथ्यांक अनुसार बैंकिङ कसुर मद्दामा १० दिन कैद र ८ लाख १८ हजार २ सय जरिवाना तोकिएका पोखरा–३१ का ३५ वर्षिय गजेन्द्र रानाभाट, चेक अनादार मुद्दामा १५ हजार जरिवाना तोकिएका पोखरा–४ का विष्णुकुमार श्रेष्ठ, सोही शिर्षकको मुद्दामा १ हजार जरिवाना तोकिएका पोखरा–१६ का चुडामोहन पौडेल, कुटपिट अङगभङग मुद्दामा २ सय जरिवाना फैसला भई फरार रहेका सुर्खेत घर भई हाल पोखरा–६ लेकसाईड बस्ने वर्ष ३० को जिवनकुमार वली, जुवातास मुद्दाम ३ हजार जरिवाना तोकिएका पोखरा–२ का ५३ वर्षिय विराट केसी, जुवातासकै मुद्दामा १४ सय जरिवाना तोकिएपछि फरार रहेका पोखरा–१९ का ३२ वर्षिय उमेस गर्बुजा रहेका छन् ।
यस्तै, जुवातास मुद्दामा १४ सय जरिवाना तोकिएर फरार रहेका पोखरा–१९ का रमेश पुन, सोही प्रकृतिको मुद्दामा १ हजार जरिवाना तोकिएका पोखरा–८ का सोमत तुलाचन, सार्वजानिक जग्गामा अभद्र व्यवहार मुद्दामा ५ हजार जरिवाना तोकिएका पोखरा–१७ का २९ वर्षिय शिशिर श्रेष्ठ र २२ वर्षिय शिविर श्रेष्ठ रहेका छन् । पक्राउ परेका फरार प्रतिवादीलाई तोकिएको कैद सजाय र जरिवाना अनुसार भुक्तानको लागि हाजिर गराइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुवास तिमिल्सिनाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *