वैदेशिक रोजगार शाखा तथा प्रतिनिधि संरक्षण संघको नवौ साधारण सभा तथा छैठो अधिवेशनले अध्यक्षमा सुरज श्रेष्ठ चयन गरेकाे छ ।
आइतबार पाेखरामा सम्पन्न प्रादेशिक अधिवेशनमा महासचिवमा विक्रम पाेखरेल निर्वाचित भएका छन् ।
यस्तै बरिष्ठ उपाध्यक्षमा घनश्याम गौतम, उपाध्यक्षमा अर्जुन थापा चयन भएका छन् । सचिव धिरज श्रेष्ठ, कोषाध्यक्ष सागीर अली, सह-कोषाध्यक्ष निरज खनाल लगायत निर्वाचित भएका छन् ।
कार्यक्रमकाे उद्घाटन गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरूङले गरेका थिए । कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री गुरूङले आफू पनि दुई दशक वैदेशिक राेजगारीमा गएर फर्किएकाे बताउदै विदेशिनेका समस्या बुझेकाे बताए ।
सरकारमा हुँदा वैदेशिक राेजगारमा जान बाध्य नेपालीकाे लागि आफू सधै सकारात्मक रहि सहयाेग गर्ने बताए । उनले राष्ट्रका लागि नागरिक एक हुनुपर्ने बताउदै विदेशीने नागरिककाे लागि सरकारले नेपालमा नै बस्ने वातावरण मिलाउनुपर्ने बताए ।
यस्तै कार्यक्रममा उत्कृष्ट व्यवसायी र समाजसेवीलाई सम्मान गरिएकाे थियाे । बन्द सत्रमा अध्यक्ष र काेषाध्यक्षले प्रतिवेदन पेश गरेका थिए । बन्द सत्रपछि महासचिव पदमा मतदान भए पनि अन्य पदमा निर्विराेध निर्वाचित भएका थिए ।