ताप्केमा मगर संघको भवन शिलान्यास

Share this post :

Facebook
Twitter
WhatsApp

वालिङ नगरपालिका–७, केवरेभञ्याङस्थित ताप्केमा मगर भवनको शिलन्यास गरिएको छ । मगर दिवसको अवसर पारी भवनको शिलन्यास गरिएको हो । पूर्व प्रदेश मन्त्री दीपक चर्ती मगरले भवनको शिलन्यास गरेका हुन् ।
१० लाख रुपैयाँमा बन्ने गरी भवन सम्झौता भएको नेपाल मगर संघ केन्द्रिय सदस्य एवं जिल्ला इन्र्चाज लक्ष्मी रानाले बताइन् । उनका अनुसार यस भवनबाट तीन सय घरधुरी लाभान्वित हुनेछन् । भवन निर्माण समिति अध्यक्षसमेत रहेकी रानाले पौष २५ देखी सुरु भएको आयोजनाको काम आगामी पुस २९ मा सम्पन्न गर्ने गरि सम्झौता गरिएको बताइन् ।
पूर्वमन्त्री चर्तिमगरले मगर भवन ताप्केको समग्रताको विकासको लागि सहयोगी बन्ने बताए ।
चर्तिमगरले नेपालमा जातिय र धार्मिक आन्दोलन अहिलेसम्म नहुनु सुखद पक्ष भएको भन्दै एकता, भातृत्व र सद्भावका साथ सम्पुर्ण नेपाली बसोबास गर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *