राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन : बुधबारदेखि निर्वाचन आचारसंहिता लाग्ने

Share this post :

Facebook
Twitter
WhatsApp

फागुन २५ गते हुने राष्ट्रपति र चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनको लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गरेको छ । आयोगको मंगलबार बसेको वैठकले सो निर्णय गरेको हो । आचारसंहिता चैत ५ गतेसम्म लाग्ने छ ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ को अधिकार प्रयोग गरी आयोगले निर्वाचन आचारसंहिता, २०७९ लागू गरेको हो । सो राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा सरकार, सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन, उम्मेदवार तथा उम्मेदवारको प्रतिनिधि, राजनीतिक दल तथा उम्मेदवारको मतदान एवम् मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी र मतदातालाई लागू हुनेछ ।

दुवै पदको निर्वाचनमा संघिय संसदमा हाल कायम रहेका ३३२ र प्रदेशसभाका ५५० गरी कूल ८८२ मतदाता छन् । राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । फागुन १३ गते उम्मेदवारीको मनोनयनपत्र समेत दर्ता भइसकेको छ भने मंगलबार साँझ ४ बजेसम्म उम्मेदवारले मनोनयनपत्र फिर्ता लिन सक्ने व्यवस्था छ । मंगलबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *