एमालेका मन्त्री फिर्ता भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई थप ८ वटा मन्त्रालयको जिम्मेवारी तोकिएको छ । एमालेबाट प्रतिनिधित्व गर्दै ८ मन्त्रीले पदबाट राजीनामा दिएका थिए । उनीहरुले समाल्दै आएका मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री दाहालले नै सम्हाल्नेछन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नेपालको संविधानले गरेको व्यवस्था अनुसार थप मन्त्रालयको कार्यभार पनि प्रधानमन्त्रीलाई तोकेकी हुन् । एमालेले अर्थ, कृषि तथा पुशपंक्षी, उद्योग बाणिज्य तथा आपुर्ति, भूमि व्यवस्था तथा सहकारी, परराष्ट्र, स्वास्थ्य, महिला बालबालिका र रक्षा मन्त्रालय पाएको थियो । यसअघि राप्रपासमेत सरकारबाट बाहिरिएकाले प्रधानमन्त्री दाहालसँग अहिले १६ मन्त्रालय छन् ।
Post Views: 18