नेपालका लागि जापानीज दुतावासका सचिवसँग भेटघाट

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव माहनिरीक्षक बुद्धिराज गुरुङले नेपालका लागि जापानी दुतावासका द्धितिय सचिव योसिमुरा केन्जीसंग भेटघाट गरेका छन् ।
गण्डकी प्रदेशमा जापानीज नागरिकको सुरक्षा र सुविधाको विषयमा जानकारी लिन पोखरा आएका केन्जीसंग भेटघाट गर्दै डीआइजी गुरुङले गण्डकी प्रदेशको समग्र शान्ति सुरक्षाको वस्तुस्थिति सामान्य र पर्यटकहरुका लागि उपयुक्त रहेको बताए ।
भेटघाटका लागि आएका केन्जिका प्रश्नलाई स्पष्ट पार्दै गुरुङले गण्डकी प्रदेशमा जापान लगायत सबै देशका नागरिकलाई सम्मानको नजरले हेर्ने गरिएकोले कुनै पनि विदेशी नागरिकको सुरक्षामा चुनौति नरहेको बताए । विदेशीपथ पर्यटकलाई पथ प्रदर्शक बिना एक्लै नहिड्न सल्लाह दिने गरेकोसमेत जानकारी गराएका थिए ।
यसका साथै गुरुङले गण्डकी प्रदेशमा रहेको पर्यटक प्रहरीले समेत पर्यटकलाई सुरक्षाका विषयमा आवश्यक सुझाव र जानकारी दिईरहेको र पर्यटकको सुरक्षार्थ दुतावाससंग सूचना आदान प्रदान गर्न गण्डकी प्रदेश प्रहरी कार्यालय तत्पर रहेको बताउदै जापानीज नागरिकरुलाई पोखरा लगायत गण्डकी प्रदेशको भ्रमण सुरक्षित रहेको सन्देश दिन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *