धरमरमा गण्डकी सरकार

Share this post :

Facebook
Twitter
WhatsApp

गृहमन्त्री भएको १३ दिनपछि पदमुक्त भएका खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएको दुई महिना नपुग्दै सरकारबाट बाहिरीने निश्चितजस्तै छ । राष्ट्रपति निर्वाचनमा राजनीतिक समीकरण फेरिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रमा सरकारबाट बाहिरियो । राप्रपासँगै नेकपा एमाले पनि सरकारबाट बाहिरीएको छ । केन्द्रमा राप्रपा सरकारबाट बाहिरीए पनि प्रदेशमा भने अहिलेसम्म सरकारमा छ ।

राप्रपा सरकारबाट निस्किएसँगै अधिकारी नेतृत्व सरकार संकटमा पर्छ । पुस २५ मा मुख्यमन्त्री पदमा नियुक्त भएका अधिकारीले करिव दुई महिना नेतृत्व समाले । अधिकारी माओवादी केन्द्र र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए । ६० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ३१ सांसद चाहिन्छ ।

एमालेका २२, माओवादीका ८ र राप्रपाका २ मतसहित विश्वासको मत प्राप्त गरेका मुख्यमन्त्री अधिकारीले राप्रपा सरकारबाट बाहिरीएसंगै आफ्नो पक्षमा मत पु¥याउन सक्दैनन् । राष्ट्रपति निर्वाचनमा नयाँ ८ दलीय गठबन्धन बनेपछि राप्रपाले संघ र प्रदेशबाटसमेत समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ ।

केन्द्रीय निर्णयअनुसार गण्डकी प्रदेशमा पनि राप्रपा सरकारबाट बाहिरिएर समर्थनसमेत फिर्ता लिनेबित्तिकै मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको एमाले सरकार अल्पमतमा पर्छ । राप्रपाबाट पञ्चराम गुरुङ सरकारमा सहभागी छन् । प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी समालेका गुरुङले पार्टीले सरकारबाट बाहिरीन निर्देशन दिएको बताए । समानुपातिक प्रणालीबाट दुई सीट जितेको राप्रपाले पहिलो पटक गण्डकी प्रदेशसभा प्रवेश गरेको थियो ।
संविधानको धारा १ सय ८८ को उपधारा २ मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ । राप्रपाले समर्थन फिर्ता लिए मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने हुन्छ ।

माओवादी काँग्रेससंग मिलेमा मुख्यमन्त्रीले एमालेका मात्र २२ मत प्राप्त गर्नेछन् । गण्डकीमा कांग्रेस र माओवादी मिले अन्य दलसंग मिल्नु पर्दैन । सजिलै बहुमत पुग्ने भएकाले पनि यी दुई पार्टीलाई सजिलो छ । कांग्रेसका २७ र सभामुखसहित माओवादीका ८ सांसद छन् । ३१ सांसदको आवश्यक पर्ने भए पनि उनीहरुलाई ३४ मत पुग्छ । स्वतन्त्र सांसद दीपक मनाङे भने एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेको सार्वजानिक गरेका छन् । उनीसहित गण्डकीमा ३५ सांसद पुग्छ । सरकारको नेतृत्व गर्न यसअघि माओवादी र काँग्रेसको रक्सारक्सी थियो ।

केन्द्रीय समिकरण फेरिएपछि एमाले र माओवादी सरकारमा पुगे । एमाले र माओवादी कसले नेतृत्व लिने भन्ने विषयमा प्रतिस्पर्धा भए पनि अन्ततः एमालेका खगराजले नेतृत्व लिन पुगे । अव माओवादी र कांग्रेस कसको नेतृत्वमा सरकार बनाउने भन्ने चर्चा छ । मुख्यमन्त्रीको दावी गरेका माओवादीका हरिबहादुर चुमान एमाले नेतृत्वको सरकारमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री छन् । यता, कांग्रेसले गण्डकी आफ्नो पोल्टामा लिने दाउमा छ । कांग्रेसले नेतृत्व लियो भने, संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्नेछन् ।

यसअघि मुख्यमन्त्रीको कुर्ची नजिक पुगेका पाण्डे केन्द्रमा राजनीतिक फेरबदल हुँदा प्रतिपक्षमा पुगेका थिए । यता, कांग्रेसले केन्द्रिय समिरकण अनुसार गण्डकीमा सरकार बन्ने प्रतिक्रिया दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *