आगामी चैत ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनकाे प्रक्रिया शुक्रबारदेखि सुरु भएकाे छ ।
त्रिभुवन विश्वविद्यालयले निर्वाचनको प्रक्रिया शुक्रबारदेखि सुरु गरेकाे हाे । निर्वाचन कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने विद्यार्थी संगठनले शुक्रबार दिउँसो ३ बजेभित्र दर्ता गर्नुपर्ने भएको छ ।
फागुन २१ मा मतदाता नामावली प्रकाशन हुनेछ । नामावलीमा फागुन २५ मा दिउँसो १ बजेभित्रमा दावी विरोध गर्न पाइने छ ।सोही दिन साँझ मतदाताको अन्तिम नामावली सार्वजनिक हुनेछ ।
Post Views: 21