शुक्रबार बसेको मन्त्रिपरिषदे्को वैकठले दुधको मूल्य बृद्धि गरेको छ । सरकारले प्रतिलिटर ९ रुपैयाँ १० पैसा बढाउने निर्णय गरेको हो ।
दूधको बजार मूल्यको तुलनामा किसानले पाउने मूल्य धेरै कम रहेकाले कच्चा दूधको मूल्य बढाउने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।
‘यसअघि किसानले कच्चा दूधको मूल्य प्रतिलिटर ५६.४० रुपैयाँ पाउँदै आएका थिए । अब प्रतिलिटर ६५.५० रुपैयाँ पाउनेछन् । किसानले ४ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफको आधारमा उक्त मूल्य पाउनेछन् ।
Post Views: 24