बाढीका कारण मलेसियामा तीन जनाले ज्यान गुमाएका छन् भने ४० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । विभिन्न राज्यमध्ये शनिबारसम्म सबैभन्दा बढी जोहर राज्यमा क्षति पुगेको सरकारी तथ्यांकले देखाएको छ ।
जोहोरमा मात्रै ३७ हजार भन्दा बढीलाई बाढी राहत केन्द्रहरुमा सारिएको छ भने प्रायद्वीप मलेसियाको पहाङ, नेगेरी सेम्बिलन, मलाक्का राज्यमा विस्थापितको सङ्ख्या कम छ ।
बुधवार, बाढीको पानीले बगाएको विश्वास गरिएको कारभित्र एक व्यक्ति मृत फेला परेपछि जोहरमा पहिलो बाढीको मृत्यु रेकर्ड गरिएको थियो । सबेलादेखि जोहोरको सेगामाट जिल्लाका प्रभारी प्रहरी अधिकारी अहमद जामरी मारिनसाहले थप दुई जनाको मृत्युको पुष्टि गरेका छन् । वृद्ध पीडित उनीहरूको घरमा मृत फेला परेको बताएका छन् ।
Post Views: 23