आयोगले तोक्यो उपराष्ट्रपति उम्मेदवारको योग्यता

Share this post :

Facebook
Twitter
WhatsApp

नेपालको संविधानको धारा ७० मा बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक–फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार निर्वाचन आयोगले उपराष्ट्रपति उम्मेदवारको योग्यता तोकेको छ ।
राष्ट्रपतिमा खस–आर्य समुदायका पुरुष निर्वाचित भइसकेकाले उपराष्ट्रपतिमा फरक लिंग र फरक समुदायको व्यक्तिको प्रतिनिधित्व हुनुपर्ने आयोगले जनाएको छ । आयोगले उम्मेदवारी दर्ता गराउँदा हुनुपर्ने योग्यता पनि सार्वजानिक गरेको छ । आयोगको शुक्रबारको बैठकले उम्मेदवारको योग्यता क्रममा थप स्पष्ट पार्दै निर्वाचत अधिकृतहरुलाई निर्देशन दिएको हो । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा ६५ को उपदफा २ अनुसार आयोगले निर्देशन दिइएको थियो ।
शनिवार उपराष्ट्रपति पदको मनोनयनपत्र दर्ता कार्यक्रम रहेको छ । आयोगले विज्ञप्ती जारी गर्दै राष्ट्रपतिको पदमा निर्वाचित व्यक्तिको लिंग (पुरुष) वा समुदाय (खस आर्य) भन्दा फरक लिंग (महिला वा अन्य) वा फरक समुदाय दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिमको व्यक्तिको मनोनयनपत्र मात्र दर्ता गर्नुपर्ने बताएको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा १६ को उपदफा ५ मा यस दफा बमोजिम उपराष्ट्रपति पदको लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिंग वा समुदायको हो सो भन्दा फरक लिंग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नुपर्ने व्यवस्था गरेको छ ।
राष्ट्रपतिको निर्वाचन बिहीबार सम्पन्न भएकोे छ । नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी बनेका रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *