साधन छ, जनशक्ति छैन्

Share this post :

Facebook
Twitter
WhatsApp

कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिएसंगै प्रदेश सरकारको पहलमा जडान गरिएका जिल्ला अस्पतालका साधनहरु संचालनमा आउन सकेका छैनन् । जिल्ला अस्पतालका अनुसार साधन भए पनि संचालन गर्ने दक्ष मेनपावर नहुँदा अलपत्र अवस्थामा छन् । अस्पतालकी निमित्त प्रमुख कृष्णकुमारी कार्कीले प्रदेश सरकारसमक्ष साधन संचालनका लागि जनशक्ति माग गरिएको बताइन् ।
गण्डकी प्रदेश सरकारले कोरोना महामारीको समय जिल्ला अस्पतालमा बजेट विनियोजन गरेको थियो । अक्सिजन प्लान्ट स्थापना, भेन्टीलेटरर आइसीयू बेड स्थापना भए । अक्सिजन प्लान्ट मात्रै संचालनमा रहेको अस्पताल समितिका अध्यक्ष इन्द्र गोदारले जनाएका छन् । उनले भने, ‘अक्सिजन भने जिल्लाभरी पुग्ने गरी उत्पादन भएको छ । तर, दक्ष जनशक्ति अभावका कारण भेन्टीलेटर, आइसीयू बेड संचालन गर्न सकेनौ ।’ जिल्ला अस्पतालमा १० वटा आइसीयू बेड रहेको कार्कीले जनाइन् । उनका अनुसार अस्पतालमा १० वटा भेन्टीलेटर छन् ।
निमित्त प्रमुख कार्कीले अस्पतालमा सुविधा भए पनि जनशक्तिका कारण संचालन गर्न नसक्दा सेवाग्राहीले समस्या भोग्नुपरेको बताइन् । ‘यहा“ पाइने सुविधा सेवाग्राहीले पोखरा गएर महंगो तिर्नुपर्ने बाध्यता छ’ उनले भनिन, ‘जवसम्म प्रदेश सरकारले कर्मचारी पठाएर व्यवस्थापन गर्दैन तवसम्म सेवाग्राही पोखरा जान बाध्य हुन्छन् ।’ कार्कीले जडान गरेर प्रगोगमा नआएका सामान राख्दाराख्दै विग्रने अवस्था आउने बताएकी छन् । प्रदेश सरकारले यसवर्ष अस्पताल सुदृणीकरणको लागि ४५ लाख रुपैयाँ विनियोजन गरेको अध्यक्ष गोदारले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *