गत माघ १ गते भएकाे यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका पोखरा महानगरपालिका-१३ का स्वर्गीय सदाकत अलीको सम्झनामा आज निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएकाे छ ।
पाेखरा महानगरपालिका-१३ स्थित आयाेजित शिविरमा १ सय ६४ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । शिविरमा मृगौला, डाईबेटीज, प्रेसर, मुटु र युरीक एसीड लागायतकाे परीक्षण गरिएकाे थियाे ।
मृतक सदाकत अलीका दाईद्वय डा फर्हानुद्दिन मिया र मोहम्मद ईर्शाद मियाको आयोजनामा शिविर संचालन गरिएकाे थियाे । शिविरमा आस्था किड्नी एण्ड हस्पिटल प्रालीले समन्वय गरेको थियो र ब्यवस्थापन मुस्लिम समाज कुडहरले गरेको थियो ।
Post Views: 22