नेपालमा विकासको नयाँ मोडलबारे वृहत छलफल गरिन्छ– प्रधानम्नत्री दाहाल

Share this post :

Facebook
Twitter
WhatsApp

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालमा विकासको नयाँ मोडलबारे सरोकारवालासँग वृहत छलफल गरिने बताएका छन् । गोरखाको निर्वाचन क्षेत्र नम्बर–२ पालुङटार नगरपालिका– २ स्थित पन्थहिटी–कटहरे–हर्मी–साहिलटार सडक उद्घाटन कार्यक्रमलाइ सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले उत्पादन वृद्धिको कार्ययोजनामा विकास निर्माणलार्इ जोड्नुपर्ने बताए ।
‘नेपालमा विकासको मोडलबारेमा पुनः विचार गर्नुपर्छ’ उनले भने, ‘यसबारेमा छिट्टै नै सरोकारवालालाई बोलाएर वृहत छलफल गरिन्छ । विकासले रोजगारी सृष्टि गर्ने, उत्पादन वृद्धि गर्ने र गाउँघरमा युवा जनशक्ति पलायन हुनबाट रोक्नुपर्दछ ।’ जनताको सुशासन र सामाजिक न्याय र समृद्धिको आकाँक्षा पुरा गर्न सँघीय सरकारलाई पूणर्ता दिने प्रदेश सरकारलाई पूणर्ता दिने दाहालले बताएका छन् ।
विकासलाइ शिक्षा, स्वास्थ्य र रोजगारीसँग जोडेर योजना बनाउनुपर्ने उनले बताए । बाटो निर्माणले मात्रै विकास नहुने उनको भनाई थियो । देशमा युवा पलायन हुनबाट रोक्नका लागि सँकल्प गरेको बताउदै उनले आफूले सकेको देश र जनताको पक्षमा काम गर्ने बताएका थिए ।
कार्यक्रममा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टरार्इ, नेपाली काँग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, पालुङटार नगरप्रमुख विवस चिन्तन लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा सडक विभागका महानिर्देशक शुसिलबाबु ढकाल पनि सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *