‘ड्रागन खेती’ गर्दै कालीगण्डकी

Share this post :

Facebook
Twitter
WhatsApp

गाउँमा सडक पुगेको छ । विजुलीको सुविधा छ । तर, खानेपानीको समस्या ज्युँकोत्युँ । सिँचाईको सुविधा छैन । खेती लगाए बाँदरको हैरानी । यस्तै दुःखका कारण गाउ“बाट शहर बसाइँसराइँ गर्नेको लर्को बढ्दै गयो ।

बजार होस या विदेश युवा धमाधम पलायन हुन थाले । पलायन हुनेको संख्या दिनानुदिन बढ्दै गएपछि गाउ“मा बृद्धबृद्धा मात्र । युवा अन्यत्रै, बृद्धबृद्धा गाउँ भए पनि बारी रित्तिदै गए ।

खेती योग्य जमिन अव बाँझोमा परिणत भए । ठूला र फराकिला बारी खाली हुँदै गएपछि यहाँको कालीगण्डकी गाउँपालिकाले आफै खेती लगाउने अभियान थालेको छ । विकास निर्माणसँगै स्थानीयबासीलाई उत्पादनसँग जोड्ने उदेश्यले यस गापाले २४ रोपनीमा ड्रागन फ्रुटको खेती सुरु गरेको हो ।

स्थानीयसंग जमिन भाडामा लिएर खेती गरेको गाउँपालिका प्रमुख खिम थापाले बताए । स्थानीयबासीलाई खेतीप्रति उत्प्रेरित गर्ने उदेश्यले पालिकाले छाडिएको बाँझो जमिन भाँडामा लिएर खेती गरिएको जनाएको छ ।

कालीगण्डकी गाउँपालिका–४ विर्घा पुच्छरस्थित २४ रोपनी जमिनमा ४८ सय ड्रागन फ्रुटका विरुवा रोपिएको छ । १६ सय थान पिलर खडा गरि खेती गरिएको प्रमुख थापाले जनाए । तीन वर्षअघि सुरु गरिएको उक्त खेतीले गतवर्षबाट नै उत्पादन दिन सुरु गरेको हो । पहिलो चरणमा गतवर्ष ६५ हजारको उत्पादन भएको गापाका कृषि अधिकृत अनुप पौडेलले जानकारी दिए । ‘स्थानीयले खेती गर्न छाडेको जग्गामा व्यवसायीक खेती सुरु गरेका छौ’ उनले भने, ‘विरुवा काँटछाँट गर्दै मेहेनत गरेका छौ । यसवर्ष राम्रो उत्पादन हुने आशा छ ।’

पौडेलले नमुना बगैँचाको रुपमा स्थापना गरिएको बताए । उनका अनुसार एउटा पिलरमा ३ वटा विरुवा लगाइन्छ । पहिलो वर्ष उत्पादन भएको फल सबै स्थानीयस्तरमै खपत भएको उनले बताएका छन् । पहिलो वर्षको तुलनामा यसवर्ष ४ गुणाले उत्पादन बृद्धि हुने अनुमान उनको छ ।

तीन वर्ष अगाडि रौतहटबाट विरुवा ल्याएर खेती सुरु गरेको पालिकाले अहिले आफ्नै नर्सरीमा उत्पादन गरेको छ । कृषकलाई व्यवसायीक बनाउने उदेश्यकले पोल निःशुल्क र विरुवा ५० प्रतिशत अनुदानमा दिएको अधिकृत पौडेलले बताए । उनका अनुसार कृषकले माग गरे अनुसार अनुदान वितरण गरिएको पालिकाले जनाएको छ । बगैँचालाई तारबार लगाइएको छ भने, सिसिक्यामरा जडान गरिएको छ ।

सिँचाईको व्यवस्थासंगै पालिकाले बगैंचाको लागि छुट्टै कर्मचारी व्यवस्थापन गरेको गापाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयले जानकारी दिए । ड्रागनको उत्पादन जेठदेखी असोजसम्म विक्री गर्न मिल्छ । यसले वर्षमा एक पटक उत्पादन दिने कृषि अधिकृत पौडेलले बताए । उनले अव यहाँ उत्पादीत विरुवालाई पालिकाभरी विस्तार गर्ने योजना सुनाए । पालिकाले लगाएको ड्रागन फ्रुटको उत्पादनले बजार पाएपछ पछिल्लो समय स्थानीय पनि यस खेतीप्रति आकर्षित भएको गापा प्रमुख थापाले बताए ।

पहिलो वर्ष ०७६/७७ मा संघीय सरकारले उपलब्ध गराएको ससर्त अनुदान ३३ लाख ७५ हजार ३ सय ४२ लागतमा सुरु गरिएको थियो । ०७७/७८ मा संघिय ससर्त अनुदान ३७ लाख १४ हजार २ सय ७१ र पालिकाको ९ लाख ८९ हजार २ सय २४ रुपैयाँ ड्रागन फ्रुटका लागि खर्चिएको छ ।

स्थानीयले पालिकालाई प्रतिरोपनी वार्षिक २ हजारदेखि २ हजार दुई सय रुपैयाँका दरले जग्गा उपलब्ध गराएका हुन् । ड्रागन फ्रुटको खेतीमार्फत सिंचाई सुविधा नभएका र बाँदरबाट पिडित किसानलाई उत्पेरित गराउन सफल भएको पालिका उपाध्यक्ष सावित्रा कोइराला बताउँछिन् ।

उनले पहिलो पटक नयाँ खेती लगाउदा उत्पादन हुन्छ या हुदैन भन्ने चिन्ता भए पनि उत्पानबाट सन्तुष्टि भएको बताइन् । उनले विज्ञसंग सल्लाह गर्दै माटो परीक्षण गरेर खेती गरिएको बताउदै थपिन, ‘ड्रागनको खेती राम्रो हुन्छ भन्ने आत्मविश्वास बढ्यो । यसबाट स्थानीयलाई पनि हौसला बढेको छ ।’ पालिकाले कृषि, पशुपालनसंगै सयपत्री फूलको पनि व्यवसायीक खेती गरेको पालिका प्रमुख थापाले बताएका छन् ।

उनले पालिकामा चाहिने फूल बाहिरबाट ल्याउन नपर्ने बताउदै पालिकालाई उदाहरणीय बनाउन व्यवसायीक तरकारी खेती र पशुपालनमा जोड गरिएको बताए । ‘बाख्रा पालनमा किसानको अत्याधिक माग छ’ उनले थपे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *