प्रतिष्ठानकाे सहयाेगमा ३८ पालिकामा आवधिक विकास याेजना

Share this post :

Facebook
Twitter
WhatsApp

स्थानीय तहमा आवधिक विकास याेजना, राजश्व सुधार कार्ययाेजना, क्षमता विकास याेजना एंव लैङ्गिक समानता सामाजिक समावेशीकरण रणनीति निर्माण र कार्यान्वयन अवस्थाकाे विषयमा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीबीच संवाद कार्यक्रम आयाेजना गरिएकाे छ ।

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानकाे आयाेजनामा बुधबार लेकसाइडस्थित हाेटल ल्याण्डमार्कमा आयाेजित कार्यक्रममा प्रदेशका ८५ वटै पालिकाबाट प्रतिनिधित्व गरिएकाे थियाे । प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले पालिका तहमा भएका आवधिक याेजना, राजश्व बाँडफाँट, विकास निर्माण विषयमा प्रस्तुति राखेका थिए ।

पाण्डेले ८५ पालिकामध्ये गण्डकी प्रदेशका ३८ पालिकामा मात्रै आवधिक याेजना निर्माण गरिएकाे बताए । उनले सम्पत्ति कर कुनै पनि पालिकाले नउठाएकाे बताउँदै आम्दानीकाे स्राेत पहिचान गर्न पालिका चुकेकाे उनकाे भनाई थियाे ।

प्रतिष्ठानले अहिलेसम्म ३७१ वटा तालिम संचालन गरेकाे छ भने, यी तालिमबाट १४ हजार ७ सय ५८ जना प्रशिक्षित भएका छन् । यस चालू आवमा मात्रै ८७ वटा तालिम संचालन भएकाे र त्यस तालिममा २ हजार ९ सय ४४ जना सहभागी भएकाे कार्यकारी निर्देशक पाण्डेले जनाए ।

यस्तै प्रशिक्षण प्रतिष्ठानले प्रदेश या पालिकामा कार्यरत कार्यालय सहयाेगी, चालक र सुरक्षाकर्मीकाे लागि कार्यक्षेत्र ताेकी कार्य सम्पादन सम्बन्धि कार्यविधी बनाइएकाे उनले बताए । कार्यक्रममा प्रदेशका आर्थिक मामिला मन्त्री सीता सुन्दासले प्रविधिमा कार्य गरिए पनि प्रदेश स्वंम पूर्ण नभएकाे बताईन् ।

यसैगरी, प्रदेश प्रमुख सचिव रविलाल पन्थले प्रदेश र स्थानीय तहका अनुभव आदानप्रदानमा सहयाेग मिल्ने बताए । पाेखरा महानगरका प्रमुख धनराज आचार्यले पालिकाबीच सहकार्य आवश्यक रहेकाे बताए । उनले प्रदेशभरी धेरै एेन बनाउने पालिका महानगर नै रहेकाे बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *