चैते दशैको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजानिक विदा दिने भएको छ । चैते दशै चैत १५ गते परेको छ । मन्त्रिपरिषद्को चैत १८ २०७८ को निर्णय अनुसार सार्वजानिक विदा दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । प्रदेश राजपत्रमासमेत सो विदाबारे उल्लेख गरिएको छ ।
प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा हुनेछ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दसैं मनाउने गरिन्छ । चैते दशैको अवसरमा गण्डकी प्रदेशमा रहेका ठूलो शक्तिपीठ देवीका मन्दिरमा मेला लाग्ने गर्दछ ।
Post Views: 31