५० हजार नगदसहित गण्डकी सरकारद्धारा ४ क्रिकेट खेलाडीलाई सम्मान

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेश सरकारले प्रदेशका क्रिकेट खेलाडीलाई नगदसहित सम्मान गरेको छ । मंगलबार समाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले राष्ट्रिय टोलीमा रहेर क्रिकेटमा योगदान पुयाउने ४ खेलाडीलाई ५० हजार नगद र प्रमाणसहित सम्मान गरेको हो । राष्ट्रिय टोलीका करण केसी र अण्डर-१९ का तीन जना दीपक डुम्रे, सुवास भण्डारी, अर्जुन कुमाललाई पुरस्कृत गरेको हो ।
एक दिवसीय विश्वकपको ‘क्वालीफाइड’ पुग्न सफल राष्ट्रिय टोलीका केसी र अण्डर-१९ विश्वकपमा पुयाउन सफल भए बापत डुम्रे, भण्डारी र कुमाललाई पुरस्कृत गरेको हो ।
सम्मान कार्यक्रममा मुख्यमन्त्री खगराज अधिकारीले खेलाडी राष्ट्रका गहना मात्र नभएर सम्पति भएको बताए । सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पंचराम गुरूङले प्रदेशकाे मात्र नभई राष्ट्रकै इज्यत राख्न सफल खेलाडी राष्ट्रकै सम्मान याेग्य रहेकाे बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *