धमाधम निर्माण गर्दै पार्क

Share this post :

Facebook
Twitter
WhatsApp

पुतलीबजार नगरपालिका–१ मा रहेको टुडिखेल यतिबेला पार्कमा परिणत हुँदै छ । सरकारी जग्गाको संरक्षण गर्दै पार्क निर्माण गर्न थालिएको हो । पार्क निर्माण भए यहाँका मानिसलाई घुमफिर गर्ने र समय कटाउने ठाउँ हुनेछ । यहाँको पार्क जस्तै गण्डकी प्रदेशका अन्य ठाउँमा पनि पार्क निर्माण धमाधम भइरहेका छन् ।
गण्डकी प्रदेश सरकारले पार्क निर्माणको लागि आह्रवान गरेको थियो । ७ वटा निवेदन परेको भए पनि जम्मा ४ वटा योजना मात्र छनोट भएका छन् । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले अघिल्लो आर्थिक वर्षमा पार्क निर्माणको लागि ३ करोड रुपैयाँ छुट्याएको थियो भने यसवर्ष ५० लाख रुपैयाँ मात्र छुट्याएको छ । पार्क निर्माणको लागि आवश्यक मापदण्ड पुरा नगर्दा गतवर्ष २० लाख खर्च गरी अन्य बजेट फ्रिज भएको थियो । मन्त्रालयका उच्च शिक्षा तथा संस्कृति महाशाखाका प्रमुख भोजराज न्यौपानेले शहिदको नाममा निर्माण गरिने पार्कलाई प्राथमिकता दिइएको बताए ।
‘शहिदको नाममा निर्माण गरिएका पार्कलाई सहयोग गरेका छौ’ उनले भने, ‘अघिल्लो वर्ष बजेट हुदा संस्थागत माग गर्न सकेनन् । संस्थाको आफ्नै जग्गा हुनुपर्ने अधिकाशंको जग्गा भएन् ।’ न्युनतम मापदण्ड पु¥याएको हु“दा पालुङटार–२ गोरखामा निर्माणाधीन शहिद सुरेश वाग्ले (बासु) स्मृति प्रतिष्ठान नेपालले २० लाख लगेको उनले बताए । सोही पार्क स्तरोन्नतिको लागि यसवर्ष ७ लाख रुपैया बजेट छुट्याइएको छ । मन्त्रालयले भदौमा आवेदन खुला गरेको थियो । यसवर्ष ४ वटाको मात्र प्रस्ताव परेको उपसचिव न्यौपानेले बताए ।
छनोट भएका ४ वटा पार्कमध्ये तीन वटा नयाँ र एउटा स्तरोन्नतिको लागि रहेको छन् । काठेखोला–१ बाग्लुङमा शहिद स्मृति पार्क संरक्षण केन्द्र, सिरानचोक–७ गोरखामा जुना कुमार स्मृति प्रतिष्ठान र आरुघाट–८ गोरखामा शहिद लालप्रसाद ढकाल फाउन्डेसन छनोट भएका छन् । तीन वटै ठाउँमा निर्माण हुने पार्कको लागि ७/७ लाख रुपैयाँ बजेट परेको मन्त्रालयले जनाएको छ । पार्क निर्माणको लागि संस्था दर्ता अनिवार्य गरिएको छ भने, निर्माण गर्ने जग्गा संस्था स्वंमकै हुनुपर्नेछ । यस्तै, भौतिक सुविधा (विजुली, सडक, खानेपानी)को व्यवस्था हुनुपर्ने मापदण्डमा राखिएको छ ।
पार्क निर्माणमा प्रदेश सरकार मात्र नभई स्थानीय सरकार पनि अग्रसर रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *