पोखरामा आलु महोत्सव हुने

Share this post :

Facebook
Twitter
WhatsApp

पोखरा महानगरपालिका–२५ हेम्जामा आलु महोत्सव हुने भएको छ । चैत २६ गतेदेखी वैशाख ३ सम्म ११ आँै संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको आयोजक विष्णुपादुका क्लवले जनाएको छ । महोत्वसको लागि ७० प्रतिशत तयारी सम्पन्न भएको बताइएको छ ।

क्लवका अध्यक्ष सुविन श्रेष्ठले स्टल तथा वाल उध्यान व्यवस्थापन, आलु ग्रडिङ गरी संकलन गर्ने लगायतका काम भइरहेको बताए । महोत्सवमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन हुनेछ ।

यस्तै, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन तथा प्रशिक्षण, माटो, बोटविरुवाको परीक्षण तथा रोगको निधान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, विउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार लगायतका कार्यक्रम गरिने भएको छ ।

कोरोना भाइरसका कारण तीन वर्षसम्म रोकिएको महोत्सव यसवर्षदेखी नियमित गरिने आयोजक संस्थाले जनाएको छ । पोखरा महानगरका कृषि महाशाखा प्रमुख मनोहर कडरियाँले महोत्सवसँगै हेमजाको आलुको प्रवद्र्धन हुने बताए । हेमजामा बढी मात्रामा लगाउने गरिएको एम्एस ४२ जातको निलो आलु हाल सूचिकरण भइसकेको उनले बताएका छन् ।
कृषि अनुसन्धान निर्देशनालय लुम्लेका प्राविधिक अधिकृत चन्द्रकान्त तिमिल्सीनाले गुणस्तरीय मूलबीऊ, हावापानी लगायतका कारण उत्पादन घट्ने गरेको तथ्य आगाडि सार्दै हेमजालाई विशेष वीऊ उत्पादन पकेट क्षेत्र निर्माण गर्न सरोकारवाला सबै लाग्नुपर्नेमा जोड दिए ।

महोत्सवमा ३० देखि ४० टनको आलुको पहाड निर्माण गरिदैछ । महोत्सवमा टिकटको व्यवस्था गरिएको छ । आयोजक संस्थाका अनुसार साधारण प्रवेशका लागि ८० र विद्यार्थीका लागि ५० रुपैयाँ लाग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *