उपनिर्वाचन विशेषः ३ क्षेत्रमा ६९ को उम्मेदवारी

Share this post :

Facebook
Twitter
WhatsApp

आगामी वैशाख १० मा हुने उपनिर्वाचन ३ ठाउँमा हुने भएको छ । प्रतिनिधिसभाका रिक्द तीन निर्वाचन क्षेत्रका लागि सोमबार ६९ जनाले उम्मेदवारी दिएका छन् । यि उम्मेदवारी दल र स्वतन्त्र हुन् ।
कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ–१, जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपति चयन भएपछि बारा–२ र नागरिकता विवादमा सर्वोच्च अदालतको फैसलाले रास्वपाका रवि लामिछानेको सांसद पद खारेज भएपछि चितवन–२ मा उपनिर्वाचन हुन लागेको हो ।
बारा–२ मा ३६ जनाको उम्मेदवारी परेको छ । सदरमुकाम कलैयास्थित मुख्य उपनिर्वाचन अधिकृतको कार्यालयमा सोमबार राजनीतिक दलका १२ र स्वतन्त्र २४ जनाको उम्मेदवारी परेको हो । तीमध्ये ५ जना महिला छन् ।
चितवन–२ मा २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । दलबाट १२ जना र स्वतन्त्रबाट १२ जनाकै उम्मेदवारी परेको चितवन–२ को मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । तनहुँ–१ मा उपनिर्वाचनमा सहभागी हुन नौ दलले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ९ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *