निर्वाचन आयोगले उपनिर्वाचन प्रचारप्रसार गर्न १५ दिनको समय दिने भएको छ । तीन निर्वाचन क्षेत्रमा हुन लागेको उपनिर्वाचनको लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेपछि प्रचारप्रसार गर्न पाइन्छ । निर्वाचनको मौन अवधि सुरु नहुँदासम्म चुनाव प्रचारप्रसार गर्न पाइने आयोगले जनाएको छ ।
उपनिर्वाचन चितवन २, तनहुँ १ र बारा २ मा हुदैछ । यो तीन क्षेत्रमा ६९ जनाले उम्मेदवारी दिएका छन् । कार्यालयले बुधबारै उम्मेदवारको नामावली प्रकाशन गर्नेछ । उम्मेदवारले नाम फिर्ता लिन चाहेमा बिहीबारसम्म समय निर्धारण गरिएको छ । तीन क्षेत्रमा ३६ जना स्वतन्त्र उम्मेदवार छन् । आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरेसँगै निर्वाचन हुनुभन्दा ४८ घण्टाअघिसम्म प्रचारप्रसार गर्न पाइने समय तोकेको छ ।
Post Views: 24