सांसद ढाकाकुमार श्रेष्ठले २ करोड घुस मागेको अडियो सार्वजनिक

Share this post :

Facebook
Twitter
WhatsApp

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठ २ करोड रुपैयाँ घुस मागेको अडियो सार्वजानिक भएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई मन्त्री बन्ने भए साढे २ करोड बुझाउन पार्टी सभापति रवि लामिछानेले भनेको भन्दै सांसद श्रेष्ठले कुराकानी गरेको अडियो सार्वजानिक भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री आफ्नो पार्टीको भाग परेको श्रेष्ठले प्रसाईंलाई सुनाएका छन् । उनले प्रसाईंसँग दुई करोड रुपैयाँ व्यवस्थापन गरिदिन आग्रह गरेका छन् । उनले तत्काल एक करोड भएपनि मन्त्री बनाउन सभापति लामिछाने तयार रहेको प्रसाईंलाई सुनाए । अडियोमा व्यवसायी प्रसाईंले दुई करोड रुपैयाँ व्यवस्थापन गरिदिने तर पछि आफ्नो काम गरिदिनुपर्ने शर्त राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *