नेपालमा कोरोनाबाट एक जनाको मृत्यु

Share this post :

Facebook
Twitter
WhatsApp

कोरोना भाइरसका कारण नेपालमा एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको हो । नेपालमा झण्डै तीन महिनापछि कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत पुस २३ गते कोरोनाबाट एक नेपालीको मृत्यु भएको थियो । पछिल्लो २४ घण्टामा १०६ जनामा कोभिड संक्रमण पुष्टि भएको मन्त्रालयले तथ्यांकले जनाएको छ । नयाँ भेरिएन्ट देखिएसँगै संक्रमितको संख्या केही हप्तायता बढ्दो क्रममा छ ।

हाल सक्रिय संक्रमितको संख्या ४६९ पुगेको छ । १ हजार हाराहारीमा हुँदै आएको कोभिड परीक्षण गराउनेको संख्या पनि बढ्दै गएको मन्त्रालयले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *