पाेखरा महानगर-२७ तालचाेकबाट बेगनासस जाने सडक चार लेनकाे बनाईने भएकाे छ । दुई वर्षमा काम सकिने गरि साेमबार पाेखरा महानगर प्रमुख धनराज आचार्यले शिलान्यास गरेका छन् ।
विश्व बैंकको आर्थिक सहयोगमा स्तरोन्नति गर्न लागिएको मेयर आचार्यले बताए । नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजना अन्तर्गत विश्व बैंकले सडक स्तरोन्नति गर्न लागेको हो । सडक स्तरोन्नतिका लागि विश्व बैंकले १ अर्ब ४९ करोड १५ लाख लगानी गरेको छ ।
३.२८ किलोमिटर लम्बाइ रहेको यस सडकको स्तरोन्नतिको ठेक्का स्वच्छन्द सपना वर्ल्डवाइड जेभीले पाएको छ । स्वच्छन्दसँग गत असार २० मा ७५ करोड ४८ लाख ६७ हजार रुपैयाँ बराबरको ठेक्का सम्झौता भइसकेको महानगरले जनाएकाे छ ।
महानगरले अहिले पीएडीएन सोइल टेस्ट कन्सलटेन्टसँग नयाँ सम्झौता गरेर काम सुरु गर्न लागेको हो । ठेक्का सम्झौताअनुसार २०८१ चैत्र २६ सम्म सडक स्तरोन्नतिको काम सम्पन्न हुनेछ ।
सडक स्तरोन्नतिका लागि सडक सीमाभित्र रहेका घरटहरा हटाइसकिएको छ । ४ लेनको सडकमा डिभाइडर, साइकल ट्र्याक, फुटपाथ राखिनेछ । यस सडक खण्डमा ५ वटा पुल निर्माण गरिने जनाइएको छ ।
पोखरा महानगरका इन्जिनियर नेत्र तिमिल्सिनाका अनुसार सडकको बीचमा १.५ मिटर चौडाइको डिभाइडर, दुवै छेउमा २.५ मिटर चौडाइको पार्किङको व्यवस्था हुनेछ ।
सरकारले २०३५ सालमै सडकका लागि जग्गा छुट्याएर २०४७ सालभित्रै मुआब्जा पनि दिएर जग्गाको लगत कट्टा गरिसकेको छ ।