जनता आवास कार्यक्रम : १३ बर्षमा १९६४५ घर निर्माण

Share this post :

Facebook
Twitter
WhatsApp

सरकारले गरीब जनतालाई सहयोग गर्ने उदेश्यले जनता आवास कार्यक्रम संचालनमा ल्यायो । उक्त कार्यक्रम संचालन गरेको १३ वर्ष वितिसक्दा पनि प्रगति खासै हुन सकेको छैन् । महालेखा परीक्षणको प्रतिवेदनले उक्त कार्यक्रमप्रति प्रश्न उठाएको छ ।
सरकारले आर्थिक वर्ष ०६६–६७ देखि जनता आवास कार्यक्रम सुरु गरेको थियो । यस कार्यक्रममा आव ०७४ र ७५ सम्म ५५ हजार ९७० आवास निर्माणको लक्ष्य तोकिएकोमा १७ हजार ३९ आवास एकाइको निर्माण सम्पन्न भई ५ अर्ब ६४ करोड ९१ लाख रुपैयाँ खर्च भएको छ ।
यो कार्यक्रम आर्थिक वर्ष ०७५–७६ देखि प्रदेश सरकारमा हस्तान्तरण भएको छ । सहरी विकास तथा भवन विभागले पेस गरेको आर्थिक वर्ष ०७८–७९ को विवरण अनुसार कार्यक्रम सुरु भएको १३ वर्ष बित्दा ३६ हजार ३२५ आवास एकाइको मात्र निर्माण सम्पन्न भएको छ भने अझै १९ हजार ६४५ आवास निर्माण हुन सकेको छैन ।
महालेखा परीक्षकको ६० औँ प्रतिवेदन अनुसार भवन विभागले ०७५–७६ देखि निर्धारित लक्ष्य र खर्चको विवरण समेत अद्यावधिक गरेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *