मुख्यमन्त्री खगराज अधिकारीले पाएनन् विश्वासकाे मत

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभा वैठकमा पेश गरेकाे विश्वासको मतकाे प्रस्ताव बहुमतले अस्वीकार गरेकाे छ । मुख्यमन्त्री अधिकारीले उक्त प्रस्ताव शनिवार बसेकाे वैठकमा पेश गरेका थिए ।

उनकाे पक्षमा २४ र विपक्षमा ३५ मत आएकाे छ । उनलाई एमालेकाे २२ र राप्रपाकाे २ मत पक्षमा प्राप्त भएकाे हाे । माआेवादीकाे ७, काँग्रेसकाे २७ र स्वतन्त्र सांसदले विपक्षमा मत दिएका थिए । उनले संविधानकाे धारा १८८ काे उपधारा २ बमाेजिम विश्वासकाे मत माग गरेका थिए ।

एमाले संसदीय दलका नेता अधिकारी माओवादी केन्द्र र राप्रपाको समर्थनमा गत पुस २५ मा मुख्यमन्त्रीमा नियुक्त भइ पुस २९ मा विश्वासको मतसमेत लिएका थिए । संविधानको धारा १६८ को उपधारा २ अनुसार उनी मुख्यमन्त्री बनेका थिए । तर, केन्द्रीय सत्ता समीकरण फेरिएसंगै गण्डकीमा पनि माओवादी केन्द्रले चैत १० मा सरकारलाई दिएको समर्थन फिर्तासहित मन्त्रीले राजीनामा दिएपछि अधिकारी सरकार अल्पमतमा परेको थियो । संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री अधिकारीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले शनिवार लिएका हुन् ।

६० सदस्यीय प्रदेशसभामा सरकार बन्न ३१ मतकाे आवश्यक पर्दछ । प्रदेशसभाका कांग्रेसका सबैभन्दा धेरै २७ सीट छ । एमालेकाे २२, सभामुखसहित माओवादी केन्द्रका ८, राप्रपाका २  र स्वतन्त्र एक सांसद छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *