बिद्यार्थीको छात्राबृत्तिमा खेलवाड, अनुदान रकम गुमनाम

Share this post :

Facebook
Twitter
WhatsApp

नेपाल सरकारले विद्यार्थीलाई पठ्याक्रम किन्न दिएको ससर्त अनुदान रकममा विद्यालयका प्रधानाध्यापक र लेखापालले हिनामिना गरेको आशंका गरिएको छ । स्याङ्जाको विरुवा गाउँपालिका–६ स्थित जनप्रिय माध्यमिक विद्यालय चिन्नेवासका प्रअ र लेखापालले हिनामिना गरेको आंशका गरिएको हो । २०७८ सालका बिरुवा गापा शिक्षा शाखाले कक्षा ११ र १२ का विद्यार्थीलाई पाठ्यापुस्तक किन्न दिएको अनुदान रकम अहिलेसम्म पनि विद्यार्थीले नपाएको गुनासो गरेपछि यो बिषय बाहिर आएको हो ।
गाउँपालिकाले जनप्रिय माविलाई अनुदान बापतको १ लाख २४ हजार ५ सय ९९ रकम आर्थिक बर्ष २०७८÷७९ को अन्तिम तिर निकासा गरिदिएको पालिकाको लेखामा देखिएको छ । उक्त समयमा सो विद्यालयमा ११ कक्षामा २५ जना र १२ कक्षामा ३४ जना विद्यार्थीले अध्यापन गरेका थिए । सबै विद्यार्थीले आफै पाठ्यपुस्तक किनेर पढेको बताएका छन् । नाम नलेखिदिने शर्तमा एक विद्यार्थीले भनिन, ‘न स्कुलले किताब किनिदियो न पैसा दियो, हामीले नै किनेर पढेका हौं । हामीले स्कुलले किताब किनिदिन्छ भन्ने थाहा पायौ, न पैसा’ उनले भनिन् । सो आर्थिक बर्षमा जनप्रिय माविसहित गापाका ६ ओटा विद्यालयले पाठ्यपुस्तक अनुदान रकम पाएका थिए । छिमेकी विद्यालयले पाठ्यपुस्तकमा अनुदान रकम पाएको हल्ला चलिरहदा विद्यालयका प्रअ भगवत भट्टराईले अनुदान रकम नआएको बताएको विद्यार्थीले बताएका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद शर्माले विद्यालयलाई अनुदानको रकम आएको बिषयमा प्रअले जानकारी नदिएको बताए । ‘बाहिर—बाहिर हल्ला सुनेर मैले दुई दिन अगाडीको राखेको बैठकमा प्रअलाई सोधेको थिए’ उनले भने, ‘प्रअले अनुदान आएको स्विकार गरेका छन् । अहिले शंका लागेरपछि मैले बैंक स्टेटमेन्टसहित सबै हिसाबकिताब देखाउन निर्देशन दिएको छु ।’ दुई बर्षसम्म विद्यार्थीको नाममा आएको अनुदान रकम विद्यालय व्यवस्थापन समितिलाई जानकारी नदिएर प्रअले गुपचुप राख्नु बदनियत देखिएको शर्माले बताए । अब सबै हिसाब किताव पुन सामाजिक लेखा परिक्षण हुने उनले बताएका छन् ।
‘अनियमितता भएको ठहर भएमा कारवाही हुन्छ’ उनले थपे, ‘विद्यालय जस्तो पवित्र संस्थामा आर्थिक पार्दशिता नगर्ने जोसुकै भएखपनि छाडिनु हुदैन ।’ विद्यालयमा प्रअले पहिलेदेखी नै आर्थिक हिनामिना गर्दै आएको आरोप लाग्दै आएको स्थानीयले बताएका छन् । यस बिषयमा सम्वन्धित निकायको राजनीतिक आडमा चासो नदिदा मौलाउदै जान थालेको आरोप स्थानीयले लगाएका छन् ।
विद्यालयका प्रअ भगवत भट्टराईलाई अनुदान रकम किन विद्यार्थीलाइृ बाड्नुभएन भनेर सोध्दा किताब किनेर बिद्यार्थीलाई दिएको बताए । उनले एकै जवाफमा फरक—फरक जवाफ दिएपछि आर्थिक हिनामिना भएको हुन सक्ने अनुमान गरिएको छ । तर, विद्यालयका लेखापाल बिनोद लम्सालले भने अनुदान रकम आएको र निकासा भएपनि रकम खर्च नभएर विद्यालयकै खातामा रहेको दावी गरेका छन् । ‘विद्यार्थीको पढाई सकिएका बेला रकम आयो’ उनले भने, ‘पछि विद्यार्थीलाई दिन पाईएन, रकम खातामै छ । अब उक्त रकम भवन निर्माण कार्यमा लगाउने निर्णय भएको छ ।’ शिक्षा क्षेत्रमा पछिल्लोसमय बेथिति बढ्न थालेका छन् । अख्तियारमा पनि सबै भन्दा बढी उजुरी शिक्षा क्षेत्रकै भए पनि अहिले सम्म कारवाही भएको सुनिएको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *