विश्वासको मत लिदै मुख्यमन्त्री

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मतका लागि प्रदेशसभा सचिवालयले सम्पूर्ण तयारी गरेको जनाएको छ । पाण्डे गत बिहीबार मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।
माओवादी केन्द्र र स्वतन्त्र सांसदको समर्थनमा पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन् । पाण्डेले आज विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । गण्डकीमा अहिले तीन सदस्यीय मन्त्रिपरिषद् रहेको छ । ६० सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ३१ सांसदको आवश्यक पर्छ । संसदमा सवैभन्दा ठूलो दलको रुपमा कांग्रेसको २७ सीट रहेको छ । यस्तै, माओवादीको सभामुखसहित ८ र स्वतन्त्र सांसद दीपक मनाङे रहेका छन् । गण्डकीमा एमालेको २२ र राष्ट्रिय प्रजातन्त्र पार्टीको २ सीट रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *