“जुन देशमा समुन्द्र छैन, त्यही देशमा पानीजहाज ?”

Share this post :

Facebook
Twitter
WhatsApp
एमालेको झलनाथ–माधव समुहको पोखरामा आयोजित कार्यकर्ता भेलामा सहभागी एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेता सुरेन्द्र पाण्डे लगायत ।
तस्बिर प्रतिपत्र अनलाइन ।

प्रतिपत्र संवाददाता (पोखरा)
नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जुन देशमा समुन्द्र छैन त्यही देशमा कसरी पानी जहाज चल्छ भनेर प्रश्न गरेका छन् । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उट्पट्याङ्गा कुरा गरेर जनतालाई भ्रम फैलाउने मात्रै काम गरेको उनले बताएका थिए । पोखरामा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलामा बोल्दै नेता पाण्डेले जनतालाई आफूले गर्न नसकिने कामको आश्वासन दिन नहुने बताए । ‘ओली गफाडी हुन’ उनले भने, ‘दुईसय बर्षपछि हुने कामलाई पनि अहिले नै भ्रम फैलाइदिन्छन ।’
पूर्व अर्थमन्त्रीसमेत रहेको पाण्डेले महिला र बालबालिकाको सवालमा सरकार जिम्मेवार नबनेको बताएका थिए । प्रहरी सक्षम र इमान्दार नभएसंग देश परिवर्तन नुहने उनको तर्क थियो । उनले प्रहरी र व्युरोक्रेसी सुधार भए मुलुक सुधार हुन समय नलाग्ने बताए । सवै सुध्रिन पहिलो राजनीति सुध्रिनुपर्ने उनको भनाई थियो । सर्वोच्च अदालतले नेकपा पार्टी नरहेको र एमाले पुरानै अवस्थामा फर्किएको निर्णय गरेपनि अध्यक्ष ओलीले नेकपामा रहेजस्तै एकलौटी काम गरेको उनले जनाए । ‘एमाले जेठ २ कै अवस्थामा आउदा ओली आउन चाहादैनन’ उनले भने । ओलीले एकलौटी मनपरी निर्णय गरेको बताउदै उनले आफूहरुले गलत कामको साथ दिन नसकेको बताए ।
अहिले पार्टीमा संकल्प र एकताको खा“चो रहेको उनको भनाई थियो । संसद विघटनको संकट नटरेको बताउदै उनले अहिले पनि यो संकट ज्यु“कात्यु“ रहेको बताएका छन् । ‘नया“ संकल्पका साथ अघि बढ्नुपर्छ’ उनले भने, ‘गलत कामको निरुत्साहित गर्नुपर्छ । पार्टीको आन्तरिक संघर्षमा कसरी जोडिने सोच्ने बेला आएको छ । हिजोका उपलब्धी र कम्युनिष्ट आन्दोलनलाई जोगाउनुछ ।’ उनले देशभित्रका प्रतिकृयावादी यतिबेला सलबलाई रहेको बताउदै प्रतिकृयावादीले चाहेअनुसार ओलीले काम गर्दै आएको उनको भनाई थियो । फागन २८ को निर्णयले नै पार्टीलाई विवादित बनाएको उनले बताए । ‘हामीले चैत २ मा धुमबाराहीमा वैठक बस्यौ’ उनले भने, ‘२८ गते भएका सवै निर्णय फिर्ता लिनुस । तपाईका चियापान कार्यक्रम स्थगित गर्नुस हामी ४ र ५ को भेला स्थगित गर्छौ भन्यौ । उहा“हरु नमानेपछि हामीले कार्यकर्तालाई घटनाक्रम बताउन पनि भेला आयोजना गर्नु थियो, गर्यौ ।’ भेलाले पार्टीको कमिटी गठन गर्ने निर्णय गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *